View in Nepali

परिचय

Attorney General (President)

Hari Krishna Karki

Secretery

Bharat Raj Sharma

भूमिकाः
नोटरी पब्लिक सम्बन्धी ऐत, २०६३ आउनु अगाडी लिखत प्रमाणीकरण, प्रतिलिपि प्रमाणित र अनुवाद सम्बन्धमा स्पष्ट कानूनी व्यवस्थाको अभाव रहेको थियो । प्रतिलिपि प्रमाणीकरण सरकारी अधिकृत कर्मचारीबाट गरिने र लिखत अनुवाद कार्य कानून किताब व्यवस्था समितिबाट गरिदै आएकोमा प्रतिलिपि प्रमाणित र अनुवादको कार्यलाई र्सवसाधरणको सुविधायुक्त बनाउन तथा लिखत प्रमाणीकरण समेतका कार्य नोटरी पब्लिकको माध्यमबाट देशैभर सम्पादन हुने व्यवस्था गर्नका लागि नोटरी पब्लिक सम्बन्धि ऐन, २०६३ जारी गरिएको थियो । यस ऐनबाट साविकमा सरकारी अधिकृतबाट हुँदै आएको प्रतिलिपि प्रमाणीत गर्ने कार्य र कानून किताब व्यवस्था समितिबाट हुँदै आएको लिखत अनुवादको कार्य तथा लिखत प्रमाणिकरणको कार्य नोटरी पब्लिकद्वारा सम्पादन गर्ने व्यवस्था गरियो । नोटरी पब्लिक सम्बन्धि नीतिगत व्यवस्था, नोटरी पब्लिकको प्रमाणपत्र वितरण र नोटरी पब्लिकहरुको कार्यलाई नियमित अनुगमन गरी र्सवसुलभ र मर्यादित गराउनका लागि समेत सोही ऐनद्वारा नोटरी पब्लिक परिषद्को स्थापना पनि गरेको छ ।

नोटरी पब्लिक परिषद्को परिचय
लिखत गर्दा लिखतमा हस्ताक्षर गर्ने वास्तविक व्यक्तिको यकिन गरी जालसाजी र किर्तेजन्य कामकारबाही नियन्त्रण गर्न तथा सरल र सुलभ तरिकाले कागजातको अनुवाद गराउने व्यवस्था गरी र्सवसाधरणको हित कायम गर्नका लागि नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ मिति २०६३ साल आसोज २८ गते नेपालको प्रतिनिधिसभाबाट प्रमाणित भई प्रकाशित भएको र २०६३ साल फागुन १ गतेबाट लागूभएको हो । त्यस्तै नोटरी पब्लिक सम्बन्धी नियमावली २०६३, मिति २०६३ साल चैत्र १४ गते प्रमाणित भई हाल सम्म तेस्रोपटक संशोधन भइसकेको छ । नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा ५ -१) बमोजिम महान्यायाधिवक्ताको अध्यक्षतामा देहाय बमोजिमका सदस्य रहने गरी नेपाल नोटरी पब्लिक परिषद् गठन गरिएको छ ।

क) महान्यायाधिवक्ता - अध्यक्ष  
ख) अध्यक्ष, नेपाल बार एशोसियश्ान - सदस्य  
ग) सचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय - सदस्य  
घ) सचिव -कानून), प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय - सदस्य  
ङ) सचिव, नेपाल कानून आयोग - सदस्य  
च) सचिव, भूमिसुधार तथा व्यवस्था मन्त्रालय - सदस्य  
छ) सचिव, परराष्ट्र मन्त्रालय - सदस्य  
ज) रजिष्ट्रार, सर्वोच्च अदालत - - सदस्य  

नेपाल नोटरी पब्लिक परिषद्को कार्यालय
नोटरी पब्लिक परिषद् स्थापनाको शुरुदेखि नै महान्यायाधिवक्ताको कार्यालयबाट परिषद्को कार्यालय संचालन गरिएको थियो । नोटरी पब्लिकहरुको संख्यामा भएको वृद्धिसँगै कानूनले परिषद्लाई सुम्पेको कार्य प्रभावकारी ढंगले संचालन गर्न अलग्गै कार्यालयको स्थापन गर्नु पर्ने आवश्यकता भएको हुँदा मिति २०६७ साल बैशाख महिनादेखि हालसम्म कुपण्डोल, ललितपुर स्थित नेपाल कानून व्यवसायी परिषद्को भवन भाडामा लिई परिषद्को कार्य संचालन हुँदै आएको छ ।
नोटरी पब्लिक परिषद्का कार्यहरु
नोटरी पब्लिक परिषद् अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हो । लिखत गर्दा लिखतमा हस्ताक्षर गर्ने वास्तविक व्यक्तिको यकिन गरी जालसाजी र किर्तेजन्य काम कारबाही नियन्त्रण गर्न तथा सरल र सुलभ तरिकाले कागजातको प्रमाणीकरण तथा अनुवाद गराउने व्यवस्था गर्नु नेपाल नोटरी परिब्लक परिषद्को प्रमुख जिम्मेवारी हो । उक्त जिम्मेवारी पूरा गर्न नेपाल नोटरी पब्लिक परिषद्को कार्यहरुलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

नोटरी पब्लिक परिषद् ऐन, २०६३ र नोटरी पब्लिक सम्बन्धी नियमावली, २०६३ बमोजिमका काम, कर्तव्य र अधिकारहरू

-क) नोटरी पब्लिक सम्बन्धमा अवलम्बन गर्नु पर्ने नीति तर्जुमा गरी कार्यान्वयन गर्ने,
-ख) नोटरी पब्लिकको प्रमाणपत्र दिने,
-ग) अनुवादक नोटरी पब्लिकको लागि योग्यता परीक्षण गर्न परीक्षा संचालन तथा छनौट गर्ने तथा नोटरी पब्लिकका लागि निजलाई प्रमाणपत्र दिनुपूव प्रशिक्षण कार्य सञ्चालन गर्ने,
-घ) नोटरी पब्लिकले यस ऐन वा परिषद्ले बनाएको आचार संहिता बमोजिम काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने,
-ङ) आफूले गर्नु पर्ने काम कारबाहीका सम्बन्धमा आवश्यकता अनुसार समिति गठन गरी त्यस्तो समितिको काम, कर्तव्य र अधिकार तोक्ने,
-च) लेखापरीक्षक नियुक्त गर्ने,
-छ) तोकिए बमोजिमका अन्य काम गर्ने,
-ज) परिषद्को बजेट स्वीकृत गर्ने,
-झ) परिषद्को सम्पत्तिको संरक्षण तथा सर्ंबर्द्धन गर्न आवश्यक व्यवस्था गर्ने,
-ञ) परिषद्को काम कारबाहीको सर्न्दर्भमा सचिवलाई निर्देशन दिने,
-ट) परिषद्का तर्फाट गर्नुपर्ने अन्य कामकारबाही गर्ने, आदि ।

परिषद्का विभिन्न समयका निर्ण्र्ाााट थप हुन गएका अन्य विविध जिम्मेवारीहरु

-क) नोटरी पब्लिकहरुकोे काम कारबाहीको सम्बन्धमा नियमित अनुगमन गर्ने तथा समन्वय गर्ने,
-ख) समयमा प्रतिवेदन, बैंक जमानत, र नवीकरण निवेदन नगर्ने नोटरी पब्लिकहरुसँग लिइने विलम्ब शुल्कको विवरण तयार गरी शुल्क निर्धारण गर्ने, शुल्क असुली गर्ने,
-ग) परिषद्बाट समय समयमा गठन हुने विषयगत समितिहरु, छानबिन समिति, परीक्षा समिति र अन्य समितिले तोकिदिएको कामहरु गर्ने,
-घ) नोटरी पब्लिकहरुको सम्बन्धमा परेका उजुरीहरुको र नोटरी पब्लिकलाई प्रभावकारी रुपमा काम गर्ने सिलसिलामा भएका समस्याका सम्बन्धमा परेका उजुरीहरुको समयमा नै सुनुवाइ गर्ने,
-ङ) समय अनुसार परिषद्को कामलाई कम्प्युटरकृत गरी अनलाइन मार्फ सूचना अद्यावधिक गरी सूचनामा पहँुच वृद्धि गर्ने,
-च) र्सवसाधरण र सरोकारवाला निकायमा परिषद्को काम, यसले दिने सेवा र यसका उद्देश्यका बारेमा जानकारी गराउने र समन्वय गर्ने,
-छ ) ऐनका व्यवस्था लागू गर्न सरोकारवाला निकायसँग समन्वय गर्न, जिल्लास्तरमै प्रतिवेदन, बैक जमानत, नँया वा नवीकरण फारम भरी पठाउन सक्ने भरपर्दाे व्यवस्था मिलाउन, तथा अनलाइन सेवा मार्फ काम गर्न सक्ने व्यवस्था मिलाउने,
-ज) परिषद्को वाषिर्क कार्यतालिका निर्माण गरी सोही अनुसार योजनाबद्ध तरिकाले तोकिएको समयमा नै कार्य सम्पादन गर्ने,
-झ) परिषद्का निर्ण्र्ाारु सरोकारवाला निकायलाई समयमा नै सूचना पुर्‍याउने,
-ञ) परिषद्लाई दर्ीघकालीन रुपमा संस्थागत गर्न आवश्यक स्रोतको संकलन र त्यसको उचित व्यवस्थापन र परिचालन गरी भौतिक पर्ूवाधार सम्पन्न आधुनिक कार्यालयको स्थापना गर्ने,
-ट) अनुसन्धानमूलक अध्ययन, योजना निर्माण, प्रचलित कानून, राजपत्र, विभिन्न सर्न्दर्भ सामग्री, पुस्तकहरु, नोटरी पब्लिक सम्बन्धी सूचनामूलक प्रकाशन लगायत अध्ययन सामग्रीहरु समावेश गरी सर्न्दर्भ पुस्तकालय खडा गरी त्यसको व्यवस्थापन गर्ने,
-ठ) प्रचलित कानून तथा व्यवहार बमोजिम नेपालमा नोटरी पब्लिकहरुको कामलाई व्यवस्थित् गर्ने,
-ड) ऐनले तोकिदिएको नोटरी पब्लिक सम्बन्धी कार्य नोटरी पब्किहरुबाट मात्रै गराउन आवश्यक पहलकदमी लिने र नोटरी पब्लिककले लिने शुल्कहरुको समय अनुसार निर्धारण गर्ने,
-ढ) नोटरी पब्लिकको छाप तथा दस्तखतको आधिकारिकता प्रमाणित गर्न आवश्यक विवरणको कम्प्युटर सफ्टवेयर तयार गर्ने, आदि ।

नोटरी पब्लिकको प्रमाणपत्र लिन आवश्यक योग्यता

नेपाल नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १२ मा नोटरी पब्लिक हुनका लागि देहायको योग्यता तोकीएको छ । यो योग्यता प्राप्त व्यक्तिले पनि ऐन, नियमले तोकेको प्रकृया पूरा गरेपछि मात्र नोटरी पब्लिकको प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।
-क) सात वर्षअटुट रूपमा कानून व्यवसाय गरेको कानून व्यवसायी, वा
-ख) नेपाल न्याय सेवाको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको पदमा रही सेवाबाट अलग भएको व्यक्ति ।
नोटरी पब्लिकको अयोग्यताः
नेपाल नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १३ मा नोटरी पब्लिकको अयोग्यता तोकीएको छ । संक्षिप्त रुपमा ती अयोग्यताहरु यसप्रकार छन्ः
-क) अनुवादक नोटरी पब्ल्िकको लागि दफा ११ बमोजिमको परीक्षा उत्तर्ीण्ा नगरेको,
-ख) दफा १२ बमोजिमको योग्यता नभएको,
-ग) ज्यान, चोरी, डाँका, कीर्ते, जालसाजी, भ्रष्टाचार, जबरजस्ती करणी, लागू पदार्थको ओसार-पसार तथा सेवन, जीउ मास्ने बेच्ने वा यस्तै प्रकृतिका अन्य संगीन अपराध गरे वापत अदालतबाट कसूरदार ठहरी सजायँ पाएको,
-घ) असल चालचलन नभएको,
-ङ) गैर नेपाली नागरिक,
-च) साहूको दामासाहीमा परेको, र
-छ) मानसिक सन्तुलन ठीक नभएको ।

नोटरी पब्लिकको प्रमाणपत्र प्राप्त गर्ने प्रकृयाः

नोटरी पब्लिकको प्रमाणपत्र प्राप्त नगरी कसैले पनि नोटरी पब्लिक सम्बन्धी कार्य गर्न नपाउने व्यवस्थ्ाा नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १० मा व्यवस्था गरिएको छ । साथै नोटरी पब्लिकको प्रमाणपत्र लिनका लागि नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १२ को योग्यता पुगेका व्यक्तिहरुले नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १४ बमोजिम तोकिएको दस्तुर संलग्न गरी तोकिए बमोजिमको ढाँचामा परिषद् समक्ष निवेदन दिनु पर्नेछ । यस प्रकार निवेदन परेमा परिषद्ले सो निवेदन जाँचबुझ गरी सिफारिस गर्न तोकिए बमोजिमको एक समिति गठन गर्नेछ । उक्त समितिले निवेदकलाई प्रमाणपत्र दिन सिफारिस गरेमा र त्यसरी गरेको सिफारिस जाँचबुझ गर्दा मनासिब देखिएमा परिषद्ले नोटरी पब्लिक सम्बन्धी आवश्यक तालिम प्रदान गरी निवेदकसँग नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १७ बमोजिमको जमानत लिई तोकिएको ढाँचामा प्रमाणपत्र दिनेछ । तर अनुवादक नोटरी पब्लिकको हकमा निजहरुले नोटरी पब्लिक परिषद्ले संचालन गर्ने अनुवाद सम्बन्धी लिखित परीक्षामा सहभागी भई उत्तीणा हुनुपर्नेछ । अनि मात्र ती आवेदकहरु तालिममा सहभागी भई अनुवाद सहितको नोटरी पब्लिकको प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।
अनुवादक नोटरी पब्लिकको लागि परीक्षा उत्तीणा गर्नु पर्ने ः
नोटरी पब्लिकको काममध्ये अनुवाद गर्ने र परिषद्ले तोकेको अन्य खास काम गर्न प्रमाणपत्र लिन चाहने व्यक्तिले नोटरी पब्लिक सम्बन्धी परीक्षा उत्तर्ीण्ा गर्नुपर्ने व्यवस्था नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा ११ मा व्यवस्था गरिएको छ । हाल नेपाली भाषाबाट अंग्रेजी भाषामा अनुवाद-प्रथम पत्र तथा अंग्रेजी भाषाबाट नेपाली भाषामा अनुवाद-दोस्रो पत्र गरि दुइ वटा १०० अंकभार रहनेगरि लिखित परीक्षा संचालन गरिने व्यवस्था गरिएको छ । अनुवादक नोटरी पब्लिक परीक्षामा सहभागी परीक्षार्थीले प्रत्येक पत्रमा कमितमा ८० प्रतिशत अंक प्राप्त गरी उत्तीणा गरेपछि मात्र नोटरी पब्लिकको लागि सञ्चालन गरिने तालिममा सहभागी भई अनुवादक सहितको प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

प्रमाणपत्रको अवधि र नवीकरण ः
नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १४ बमोजिम दिइएको प्रमाणपत्रको अवधि पाँच वर्षो हुने र उक्त प्रमाणपत्र नवीकरण गर्नुपर्ने व्यवस्था नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १२ मा उल्लेख गरिएको छ ।

नोटरी पब्लिकले गर्न सक्ने काम ः
नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १९ मा नोटरी पब्लिकले गर्नसक्ने कार्यहरु व्यवस्था गरिएको छ । जसअनुसार नोटरी पब्लिक प्रमाणपत्र लिएका नोटरी पब्लिकहरुले देहायका कार्यहरु गर्न सक्नेछनः
-क) कुनै लिखत प्रमाणीकरण गर्न,
-ख) एक भाषामा लेखिएको कागजात अर्को भाषामा अनुवाद गर्न, र
-ग) कुनै सक्कल कागजातको नक्कल प्रमाणित गर्न ।
तर खण्ड -ख) बमोजिमको अनुवाद सम्बन्धी कार्य केवल अनुवादक नोटरी पब्लिकले मात्र गर्न पाउने छन् ।
प्रत्येक नोटरी पब्लिकहरुको कार्यक्षेत्र -काम गर्ने जिल्ला) नोटरी पब्लिकको प्रमाणपत्रमा नै उल्लेख गरिएको हुन्छ । त्यसैले आफ्नो कार्यक्षेत्र बाहिर गएर कसैले पनि नोटरी पब्लिकको कार्य गर्न हुँदैन । नोटरी पब्लिकको प्रमाणपत्र नलिई कसैले पनि नोटरी पब्लिक सम्बन्धी कार्य गर्न हुँदैन ।

नोटरी पब्लिकको जिम्मेवारी
नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा २५ र नोटरी पब्लिक सम्बन्धी नियमावली, २०६३ को नियम २३ मा नोटरी पब्लिकले प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्थ्ाा गरेकोछ । जसअनुसार नोटरी पब्लिकले आफूले गरेको काम कारबाहीको वाषिर्क प्रतिवेदन तयार गरी प्रत्येक वर्षो वैशाख मसान्तसम्ममा सम्बन्धित जिल्ला अदालत र नोटरी पब्लिक परिषद् समक्ष पेश गर्नु पर्नेछ । अचल सम्पत्तिको हक हस्तान्तरण सम्बधी लिखत प्रमाणीकरण गर्ने नोटरी पब्लिकले आफूले गरेको काम कारबाहीको विवरण प्रत्येक महिना सम्बन्धित् मालपोत कार्यालयमा पठाउनु पर्नेछ ।

गृह पृष्ठ   |   परिचय   |   संगठन तालिका   |   नोटरी पब्लिक अनुवादकहरु   |   नोटरी पब्लिकहरुको विवरण   |   ऐन नियम   |   समाचार गतिविधि   |   फोटोहरु   |   पृष्ठ पोषण   |   सम्पर्क ठेगाना